खानाको एलर्जी भएका मानिसलाई कोभिड–१९ संक्रमणको जोखिम न्यून : अध्ययन

काठमाडौँ । खानाको एलर्जी भएका मानिसहरूलाई कोभिड–१९ निम्त्याउने सार्स–कोभ–२ भाइरसबाट संक्रमित हुने सम्भावना कम हुन सक्ने एउटा नयाँ अनुसन्धानले देखाएको छ ।

जर्नल अफ एलर्जी एन्ड क्लिनिकल इम्युनोलोजीमा प्रकाशित उक्ते अध्ययनअनुसार स्वयं–रिपोर्ट गरिएको र चिकित्सकले निदान गरेको खाना एलर्जीले सार्स–कोभ–२ को संक्रमणको जोखिम आधा घटाउँछ । यस्तो एलर्जीबाट अमेरिकामा ३ करोड २० लाख मानिस प्रभावित छन् ।

‘सामान्यतया जब तपाई जटिल रोग र संक्रमणले कसरी काम गर्दछ भनेर अध्ययन गर्नुहुन्छ, त्यहाँ जनसंख्याको केही हिस्सा कम संवेदनशील हुन्छन्’, नेसनल यहुदी स्वास्थ्यका अनुसन्धानकर्ता तथा प्रमुख अध्ययन लेखक म्याक्स सेबोल्ड भन्छन् ।

दम भएका मानिसलाई पनि भाइरस समात्ने सम्भावना धेरै नहुने उक्त अध्ययनले देखाएको छ । यसअघि गरिएको अध्ययनले दम रोगीलाई कोभिडको जोखिम हुने देखाएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board