लन्डनमा २४ वर्षीय रिदम पोखरेल एक महिनादेखि बेपत्ता

बेलायतमा झन्डै एक महिनादेखि बेपत्ता एक नेपाली युवाको अवस्थाबारे चिन्ता व्यक्त हुन थालेको छ । लन्डनको हेजमा बस्दै आएका २४ वर्षीय रिदम पोखरेल गत मे २९ तारिखदेखि बेपत्ता छन्।

रिदम हराएको एक महिना हुन लाग्दासमेत उनको अवस्था अज्ञात रहँदा बेलायती प्रहरी भने उनको खोजीमा जुटिरहेको छ ।

हिलिङडन प्रहरीले उनको खोजीमा सघाउन आग्रह गर्दै एक अपिल जारी गरेको छ। उनको बारेमा कुनै जानकारी भए रिफरेन्स 104/21June उल्लेख गरी 101 मा प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।

प्रहरीले रिदम पछिल्लो पटक गत मे २९ मा हेजमा देखिएको जनाएको छ।

रिदमको खोजीमा सघाउने उद्धेश्यले बेलायतवासी नेपालीहरुले पनि सामाजिक सञ्जालमार्फत् अपिल शेयर गरिरहेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति