अखिल क्रान्तिकारीको महासचिवमा ललित विक

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) महासचिवमा ललित विक निर्वाचित भएका छन् ।

अखिलको चौँथो पूर्ण बैठकले विकलाई महासचिवको जिम्मेवारी दिएको हो । प्रकाश जप्रेल सचिव र प्रतिमा चौधरी कोषाध्यक्षमा चयन भएका छन् ।

नवनियुक्त महासचिव विकले आमनागरिकका मुद्दासँग जोडिएर अखिल क्रान्तिकारीले आन्दोलन गर्दै आएको बताए । अखिलले शिक्षा र स्वास्थ्यमा गरिएको

व्यापारीकरणविरुद्ध संघर्ष केन्द्रित गर्ने निर्णय पनि गरेको काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति