रुँदैरुँदै राजीनामा दिइन् रामकुमारी झाँक्रीले (भिडियो)

काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएकी रामकुमारी झाँक्रीको विदाईका लागि शहरी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उनी भावुक बनेकी छन् ।

मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा उनी गहभरि आँशु पार्दै बारम्बार आँशु पुछ्दै भावुक बनिन् ।

हातमा रहेको रुमालले बारम्बार आँशु पुछिन् ।

नेकपा एकीकृत समाजवादीले पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाएको छ । त्यसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गर्नुअघि मन्त्रालयले बिदाइ कार्यक्रम राखेको छ ।

कार्यक्रममा सहसचिवले ८ महिना २० दिन भएको कामको फेहरिस्त सुनाउँदा मन्त्री झाँक्री भने भावुक बनिन् ।

https://www.facebook.com/abctelevision/videos/412558954119091
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति