चितवन । पहिरोका कारण काठमाडौं–मुग्लिन सडक अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिक पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको हो ।
दिउँसो साढे १२ बजेतिर झरेको पहिरोका कारणले काठमाडौं–मुग्लिन सडकखण्डमा सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द रहेको प्रहरीले जनाएको छ ।
मुग्लिनबाट काठमाडौंतर्फ तीन किलोमिटर अगाडि नाग्दी खोला नजिक झरेको पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।
पहिरोका कारण मुग्लिनतर्फ आउने र काठमाडौंतर्फ जाने सवारी साधन सडकमै जाममा परेका छन् ।
प्रतिक्रिया