सन्तुलित आहार तथा पौष्टिक खानाबारे प्रदर्शनी

भक्तपुर । भक्तपुरमा शनिबार सन्तुलित आहार तथा पौष्टिक खानाबारे प्रदर्शनी गरिएको छ । देउला आधारभूत विद्यालय भेलुखेल ५ भक्तपुरमा बृहत् निःशुल्क स्वास्थ्य सेवा शिविरका साथै प्रदर्शनी गरिएको हो ।

क्लिनिक वान भक्तपुर तथा उज्यालो बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा सहयोगी संस्था श्री कुमारी क्लब रहेको थियो ।

शिविरमा सहभागी जनरल फिजिसियन डा.सुजिता वैद्यले स्वास्थ्य सेवाबारे जानकारी दिएकी थिइन् । उनका अनुसार शिविरमा सेवा लिन आएका अधिकांश व्यक्तिमा हाडजोर्नीको समस्या देखियो । साथै, स्वास्थ्य शिविरमा आएका धेरै बालबालिकामा ज्वरो तथा खोकीको समस्या देखिएको थियो ।

शिविरमा दन्त विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, पेट, आन्द्रा तथा कलेजो रोग विशेषज्ञ तथा जनरल फिजिसियनद्वारा परामर्श प्रदान गरिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति