पार्टीभित्र र सत्तामा पुगेपछि पनि निजी स्वार्थ देखिनु हुँदैन : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र र सत्तामा पुगेपछि पनि व्यक्तिले निजी स्वार्थ देखिनु हुँदैन । केन्द्रीय कमिटिको बैठकपछि आयोजित कार्यक्रममा उनले व्यक्तिवाद हाबी भयो भने वा अहंकार बढ्यो भने नेकपा एमालेको नेतृत्वको हालत जस्तो हुने बताए ।

उनले भने, ‘व्यक्तिवादकै कारण पार्टीभित्र कुनै पनि विषयमा छलफल भएन । कुरा समाजवादको गर्ने व्यवहार व्यक्तिवाद भएकै कारण पार्टीको कुनै पनि तहमा कुनै पनि विषयमाथि छलफल भएन । जनताका पीर, मर्का र समस्यालाई नेकपा एमालेले केन्द्रमा राखेन । त्यही कारण अहिले सरकार बाहिर रहनु परेको छ ।’

‘अहिले देशमा भइरहेको भ्रष्टाचार वृद्धि र महँगीको विरोधमा नेकपा एकीकृत समाजवादी जनताको साथमा छ । हाम्रौ विरोधका कारण प्रधानमन्त्रीले सत्ता साझेदार दलबीच बैठक बोलाउनुभयो र हाम्रै अडानका कारण करको दर घटाएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटेको छ,’ उनले भने ।

कार्यक्रममा उनले पाँच दलीय गठबन्धन र विद्रोहको आवश्यकताबारे अब प्रश्न नउठ्ने पनि बताए । उनले कथित १० भाइले अझै पनि हामीलाई धारेहात लगाइ रहेका छन् । उनीहरूको त्यो पार्टीमा कुनै हैसियत नभएको बताए । एउटा दासको जस्तो मात्रै रहेको बताए । त्यस्ता व्यक्ति अझै पनि हाम्रो बारेमा टिप्पणी गरिरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति