काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए ।
पेट्रोलियम पदार्थको मूल्यबारे सरकारको धारण सार्वजनिक गर्न सिंहदरबारमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा उनले पेट्रोलमा २० रुपैयाँ र डिजेल र मट्टितेलमा २८ रुपैयाँ घटाइएको जानकारी दिए ।
मूल्य घटेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ । सरकारको निर्णयसँगै अब नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गर्ने छ ।
प्रतिक्रिया