अन्तिम खेलमा अष्ट्रेलिया विजयी

काठमाडौँ । घरेलु टोली श्रीलंकाविरुद्धको अन्तिम एकदिवसीय अन्तराष्ट्रिय खेलमा अष्ट्रेलियाले चार विकेटको जित निकालेको छ । कोलम्बोमा शुक्रबार रातिको खेलसँगै घरेलु टोली श्रीलंकाले पाँच खेलको शृंखलामा अष्ट्रेलियालाई ३–२ ले हरायो ।

श्रीलंकाले दिएको १६१ रनको लक्ष्य अष्ट्रेलियाले ३९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

अष्ट्रेलियाका एलेक्स केरीले सर्वाधिक ४५ रन जोडे । यस्तै, मर्नुस ३१ रनको योगदान गरे । श्रीलंकाका दिनुथले सर्वाधिक ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४३ ओभर १ बलमा सबै विकेट गुमाउँदै १६० रन बनाएको थियो । श्रीलंकाका चामिका करुनारत्नेले सर्वाधिक ७५ रन बनाए । कुशल मेन्डीसले २६ रनको योगदान गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति