यस्तो बन्ने छ राष्ट्रिय स्वतन्त्र पार्टीको ‘प्लेन कमिटी’

काठमाडौँ । रवि लामिछानेको नेतृत्वमा घोषित ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को प्लेन केन्द्रीय कमिटी मात्र बन्ने छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा.मुकुल ढकालका अनुसार निर्वाचन आयोगमा सभापतिसहित प्लेन कमिटी प्रस्तावित गरिएको छ ।

लामिछाने नेतृत्वमा २१ सदस्यीय केन्द्रीय कमिटी बन्ने छ । जसमा प्रवक्ताबाहेक पदाधिकारी हुने छैनन् । पार्टीको पहिलो बैठकबाट ढकाललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

केन्द्रीय कमिटीमा बाँकी १९ जना सदस्य रहने ढकालको भनाइ छ । निर्वाचन आयोगमा सभापति लामिछानेसहित २१ जनाको नाम बुझाइएको छ । आयोगले दल दर्ताको प्रमाण पत्र दिएपछि मात्रै ती व्यक्तिका नाम खुलाउने ढकालले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रातृ संगठन पनि नबनाउने नीति लिएको छ । उक्त पार्टीमा कार्यकर्ता नभइ सदस्य मात्रै छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षपछि पार्टीले महाधिवेशन गर्ने छ । महानधिवेशन नभएसम्म सभापति र प्रवक्ताबाहेकका पदाधिकारी हुने छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति