दिक्तेल रुपाकोट मझुवागढीले ल्यायो ८६ करोडको बजेट तथा कार्यक्रम

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ८६ करोडको बजेट तथा कार्यक्रम पेस गरेको छ । शुक्रबार सम्पन्न आठौँ नगरसभामार्फत नगरपालिकाले कुल ८६ करोड ३ लाख ७७ हजार बराबरको बजेट तथा कार्यक्रम पेस गरेको हो ।

उपमेयर बिसन राईले शुक्रबार प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा चालुतर्फ अनुमानित ६१ करोड ३९ लाख ३६ हजार र पुँजीगततर्फ २४ करोड ६४ लाख ४१ हजार बजेट प्रस्तुत गरिएको छ ।

संघीय सशर्त अन्तरगत चालुतर्फ ४१ करोड ६१ लाख र पुँजीगततर्फ ४ करोड ९७ लाख, संघीय विशेष अनुदानबाट सञ्चालित आयोजनाका लागि १ करोड ८५ लाख विनियोजन गरिएको छ । यस्तै, संघीय समपुरकबाट सञ्चालित योजनाका लागि ४० लाख, प्रदेश समपुरकबाट सञ्चालित आयोजनाका लागि १ करोड, प्रदेश सशर्त अन्तरगत चालुतर्फ ३३ लाख २३ हजार र पुँजीगततर्फ ६६ लाख ९३ हजार विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ । संघीय तथा प्रदेश सरकारसँगको सहलगानीमा निर्माणाधीन र निर्माण हुने योजनाका लागि १ करोड ४४ लाख ८६ हजार विनियोजन गरिएको छ ।

यस्तै, नगरको प्रशासनिक खर्चतर्फ १३ करोड ७५ हजार, कार्यक्रम सञ्चालन खर्च ३ करोड २४ लाख, वडागत पुँजीगत योजनाका लागि ४ करोड ७५ लाख ५० हजार, वडागत चालु खर्चतर्फ १ करोड ४६ लाख र क्रमागत ठुला आयोजनाका लागि ३ करोड ८ लाख विनियोजन गरिएको छ ।

वडामा विगतको तुलनामा पुँजीगततर्फ ६ लाख र चालुमा १ लाख थप बजेट पठाइएको उपमेयर राईले जानकारी दिए । कार्यक्रममा मेयर तीर्थराज भट्टराईले नगरको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति