एघार महिनामा ३८ अर्बभन्दा बढीको मोबाइल फोन नेपाल भित्रियो 

काठमाडौं, ९ असार । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा ३८ अर्बभन्दा बढीको  मोबाइल फोन भित्रिएको छ । 

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको मोबाइल फोन नेपाल भित्रिएको हो । 

सो अवधिमा नेपालले कूल ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको विभागले जनाएको छ । 

उक्त मूल्यमा ५५ लाख ८६ हजार ५७८ थान मोबाइल फोन नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । 

नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीन, भारत, भियतनाम, युनाइटेड अरब इमिरेट्स (युएई), अमेरिका र बंगलादेशबाट आउने गरेको छ । 

पछिल्लो ११ महिनामा चीनबाट २२ अर्ब ७७ करोड ९१ लाख ८९ हजार रुपैयाँ, भारतबाट १२ अर्ब ७८ करोड ७५ लाख १७ हजार रुपैयाँ, भियतनामबाट १ अर्ब ६७ करोड १६ लाख २८ हजार र युएईबाट २७ करोड ८१ लाख ६४ हजार रुपैयाँको मोबाइल फोन नेपाल भित्रिएको छ । 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board