गौर नगरपालिकाका पूर्वमेयर गुप्ता एमाले प्रवेश गर्ने

काठमाडौं । रौतहटको गौर नगरपालिकाका पूर्वमेयर एवम् अजय कुमार गुप्ता नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता समेत रहेका गुप्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि एमाले प्रवेश गर्ने तयारी गरेका हुन् ।

मधेश केन्द्रित दलले पार्टी संगठन पनि नबनाएको र आन्दोलन पनि गर्न नसकेको भन्दै गुप्ताले कार्यकर्ता र जनताले राष्ट्रिय पार्टीमा जान सुझाव दिएपछि एमालेमा प्रवेश गर्न लागेको बताएका छन् ।

ओलीसँग बुधबार भएको भेटपछि पार्टी प्रवेशका लागि असार २३ गतेको दिन तय भएको स्रोतले बतायो । उनलाई प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट टिकट दिने सहमति भएको बताइएको छ ।

गुप्ता स्थानीय तह निर्वाचनमा पनि गौर नगरपालिकाको मेयर उम्मेदवार थिए । उनी एकीकृत समाजवादीका शम्भु साहसँग पराजित भएका छन् । साह ६ हजार ३८१ मतसहित मेयरमा निर्वाचित हुँदा गुप्ताले ३ हजार ७५५ मत पाएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board