टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ आदर्शचोक नजिकै टिपरसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको बा८९प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा४ख५२९८ नम्बरको टिपर आज बिहान सवा २ बजे एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने १९ वर्षीय निश्चल चौगुठीको मात्र सनाखत भएको प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पौडेलले जानकारी दिए । अर्का २०–२१ वर्ष जस्तो देखिने युवको भने सनाखत हुन बाँकी छ ।

दुर्घटनामा घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा बिहान ३ बजे मृत्यु भएको हो ।

टिपर चालक दोलखा मेलुङ गाउँपालिका–३ घर भइ हाल काठमाडौँको सुकेधार बस्ने ३५ वर्षीय धनबहादुर थोकरलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board