साउन १ गतेदेखि काठमाडौँमा कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साउन १ गतेदेखि जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याएर नराखे कारबाही गर्ने भएको छ ।

बिहीबार एक सूचना जारी गर्दै महानगरले कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएको हो । कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिबाना हुने महानगरको चेतावनी छ ।

कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकाले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरको सूचनामा उल्लेख छ । कुहिने र नकुहिने फोहोर नछुट्याए त्यहाँबाट फोहोर नउठाउने पनि महानगरले बताएको छ ।

काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ (१), (२) को व्यवस्थाअनुसार साउन १ गतेदेखि स्रोतमा कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरवासीलाई आग्रह गरिएको सूचनामा उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति