भारतमा १२,२४९ जना कोभिडका नयाँ संक्रमित

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कम्तिमा १२ हजार २४९ नयाँ कोभिड संक्रमित भेटिएका छन् ।

यससँगै भारतमा संक्रमितको संख्या ४ करोड ३३ लाख ३१ हजार ६४५ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा सक्रिय संक्रमितको संख्या बढेर ८१ हजार ६८७ पुगेको छ ।

भारतमा बुधबार कोभिडबाट १३ जनाको मृत्यु भएको छ । यससँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ९०३ पुगेको छ । कुल संक्रमितको ०.१९ प्रतिशत सक्रिय संक्रमित छन् ।

राष्ट्रिय कोभिड संक्रमणमुक्त दर ९८.६० प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति