प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दै छ। बैठक दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछन् भने उनले नै राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक, २०७६ र लोकसेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता पेस गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति