भीमफेदी कारागारका एक कैदीको मृत्यु

काठमाडौँ, ८ असार । मकवानपुरको भीमफेदीमा रहेको भीमफेदी कारागारमा एक जना कैदीको ज्यान गएको छ । २०७६ साल जेठ २ गतेदेखि लागूऔषध मुद्दामा करागारमा रहेका हेटौंडा-२ का ३४ वर्षीय मिलन परियारको मृत्यु भएको छ ।

७ वर्षको सजाय तोकिएका उनलाई मंगलबार एक्कासी छाती पोल्ने समस्या देखा परेपछि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचारको लागि लगिएको थियो । भीमफेदीमा उपचार सम्भव नभएपछि हेटौंडा ल्याउने क्रममा बुधबार उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति