अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपको निर्णायक बन्‍न महेश महर्जन कोरिया जाने

काठमाडौं, ७ असार । कराँतेका निर्णायक महेश महर्जन १४ औं कोरिया खुला अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपका लागि बुधबार दक्षिण कोरियाको बुसान जाने भएका छन् ।

२३ देखि २७ जुनसम्म हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न बुसान जान लागेको महर्जनले जनाएका छन् । महर्जन मानसिंह शाखा डोजोका प्रमुख प्रशिक्षक हुन् ।

महर्जनलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । कराँते प्रतियोगिताकै सिलसिलामा महर्जन यसअघि तीन पटक दक्षिण कोरिया गइसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति