रवि लामिछानेले सार्वजनिक गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, चुनाव चिन्ह घण्टी

काठमाडौँ, ७ असार । चर्चित टेलिभिजनकर्मी रवि लामिछाने औपचारिक रुपमा राजनीतिमा आएका छन्। उनले मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन्।

‘म यही मञ्चबाट नयाँ राजनीतिक दल खोल्ने घोषणा गर्छुु, उनले भने, ‘हाम्रो पार्टीको नाम हुनेछ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ ।

लामिछानेको पार्टीको चुनाव चिन्ह घण्टी रहेको छ । २१ सदस्य रहेको पार्टी आजै निर्वाचन आयोगमा दर्ता गरिने लामिछानेले बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय बसुन्धरामा आजैदेखि सञ्चालन हुने लामिछानेले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति