राप्ती हाइड्रोको आइपिओ भर्ने समय थप

काठमाडौँ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपिओमा आवेदन दिने समय थप गरेको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपिओ बिक्री खुला गरेको कम्पनीको आइपिओमा अब १० असारसम्म आवेदन दिन सकिनेछ ।

गत २४ जेठदेखि आइपिओ बिक्री खुला गरिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ६ लाख १२ हजार ७९३ कित्ता आइपिओ बिक्री खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्व र रुकुम पश्चिमका स्थानीय बासिन्दालाई आइपिओ जारी गरेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ६ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आइपिओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

यसमा ग्लोबल आइएमई बैंकको छिप्रीदह, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा, मुसिकोट शाखा कार्यालय र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।

साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board