मूल्य वृद्धिको विरोधमा अनेरास्ववियुको मसाल जुलुस (तस्बिरसहित)

काठमाडौं, ६ असार । प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले मूल्यवृद्धि विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ ।

सोमबार साँझ काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडिबाट अनेरास्ववियुले मसला जुलुस प्रदर्शन गरेको थियो ।

आन्दोलनमा उत्रिएका अनेरास्ववियु र प्रहरीबीच झडपसमेत भएको थियो । प्रहरीले बल प्रयोग गर्दा अनेरास्ववियुका नेता आरसी लामिछानेसहितका नेता घाइते भएका छन् । उनीहरुको मोडल अस्पतालमा उपचार भइरहेको छ । सरकारले हिजो पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति