निर्वाचनभन्दा अघि सरकार बदल्ने धन्दामा छैनौं– उपाध्यक्ष पौडेल (भिडियोसहित)

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धनमा रहेका कुनै पनि दलका नेतालाई प्रधानमन्त्रीको प्रस्ताव नगर्ने बताएका छन् । एबीसी टेलिभिजनको विशेष कार्यक्रम “आउटलूक” को अन्तरवार्ता कार्यक्रममा उहाँले गठबन्धनका कुनै पनि दलको समर्थनमा एमाले प्रधानमन्त्री नबन्ने र प्रस्ताव पनि नगर्ने बताएका हुन् ।

“यो गठबन्धन रहोस् भनेर पशुपतिनाथसँग प्राथना गर्दछु, यो जोगिन्छ पनि सायद, यो निर्वाचनभन्दा अगाडि सरकार बदल्ने, समिकरण बदल्ने धन्दामा छैनौं । कसैलाई समर्थन गर्दैनौं, कसैको समर्थन्मा प्रधानमन्त्री पनि बन्दैनौं ।”, उनले भने ।

गठबन्धन टिकाउन जसले जे गरेपनि हुने, यस्तो नेपालमा हुन सक्छ रु त्यस्तो अर्को सम्भावना छ, हितकारी छ ? यो रहला वा नरहला तर, यसमा हात नहाल्ने भनाइ उनले राखेका छन् ।विगतमा कम्युनिष्ट पार्टीको बहुमतको सरकार ढालेर काँग्रेसको पछि लागेको भन्दै उनले विगतमा नेकपामा रहेका नेताहरु ताइबाट उम्केर भुङ्ग्रोमा परेको संञा दिए ।

स्थानी निर्वाचनमा सीट संख्यामा एमाले दोस्रो भएपनि मतसंख्यामा एमाले देशको प्रमुख पार्टी भएको दाबी गरे । “गठबन्धन कति वटा दल हो रु काँग्रेस, माओवादी वा अरु दलहरु नभईकन एउटा गठबन्धन भन्ने दल हो भने पहिलो भएको हो । आउने निर्वाचन र संसदमा पनि सिंगल मेजोरिटी नल्याएपनि एमाले लार्जेस्ट पार्टी हुनबाट कसैले रोक्न नसक्ने जिकीर उनको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति