प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्न लागेको हो ।

आजको बैठकमा विभिन्न विधेयक दफाबार छलफलका लागि पेस गरिने छ ।

गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधयेका २०७९ दफावार छलफलका लागि पेस गर्ने संसद सचिवालयको सम्भावित कार्यसूची छ ।

आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनलाई निर्णायार्थ प्रस्तुत गरिने पनि संसद् सचिवालयले जानकारी दिएको छ ।

अर्थमन्त्री जर्नादन शर्माले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९’ लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति