जन्ती बोकेको जिप दुर्घटना, ६ जना घाइते

सल्यान । सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा भे १ ज १०२१ नम्बरको जिप शनिबार राति दुर्घटनामा परेको हो ।

दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका-४ देउलीका मोतिलाल बुढा, मन बुढा, सहदेव बुढा, चित्रबहादुर बुढा, हरिमाया बुढाथोकी र गोपाल बुढा घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काका अनुसार घाइते सबैको सल्लीबजारमा उपचार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति