परवेज मुशर्रफलाई पाकिस्तान फर्काउने तयारी

एजेन्सी । पाकिस्तानका पूर्वसैन्य नेता परवेज मुशर्रफलाई पाकिस्तान फर्काउने तयारी भइरहेको छ । सन् २०१६ देखि दुबई निर्वासनमा रहेका मुशर्रफको स्वास्थ्य अवस्था नाजुक भएको बताइएको छ ।

स्रोतका अनुसार मुशर्रफलाई एयर एम्बुलेन्समार्फत् पाकिस्तान फर्काउने तयारी भइरहेको छ । जियो न्युजका अनुसार उनलाई स्वदेश ल्याएर नै थप उपचार गर्ने तयारी भइरहेको छ । परिवारले मुसरफलाई पाकिस्तान ल्याउने निर्णय गरिसकेको छ ।

पूर्वराष्ट्रपति मुशर्रफ विगत ६ वर्षदेखि उपचारका लागि दुबइमा छन् । मुशर्रफको स्वास्थ्यमा समस्या आएको खबर सार्वजनिक भएपछि गठबन्धन सरकारको प्रमुख घटक पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) र सैन्य नेतृत्वले पूर्वराष्ट्रपतिलाई स्वदेश फर्कन चाहेको खण्डमा स्वदेश ल्याउनुपर्ने बताएको थियो ।

पिएमएल–एन प्रमुख नवाज सरिफले गत साता गठबन्धन सरकारलाई मुशर्रफलाई पाकिस्तान फर्कन चाहेको खण्डमा सहजीकरण गर्न आग्रह गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board