काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले भूकम्पको अप्ठयारो स्थिति सामान गर्नका लागि अमेरिकासँग मानवीय सहयोगका लागि पत्र लेखेको जनाएका छन् ।
अमेरिकन योजना स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का लागि पत्र लेखेको स्वीकार गर्दै प्रधानसेनापति राणाले सो पत्रमा सैन्य अलायन्स नलेखिएको पनि जनाएका छन् । संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै प्रधानसेनापति राणाले सार्वजनिक भएको १० बुँदे फरम्याट आधिकारिक नभएको पनि जनाएका छन् ।
‘अहिले जुन पत्र बाहिर आएको छ , त्यो सत्य हो, चिठी लेखिएको साचो हो तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन, म सैन्य अलायन्स हुने भन्ने कुराको विरोध गर्न चाहन्छु,’ प्रधानसेनापति राणले भने, ‘यो चिठी किन लेखियो भने त्यो बेला भूकम्प गएपछिको अवस्था थियो, भूकम्पमा काम गर्न अमेरिकाले मानवीय सहायाता दिने भनेर लेखिएको हो, सैनिक गठबन्धन गर्ने होइन ।’
०७२ सालको भूकम्पको मानवीय क्षतिपछि सहयोगका लागि सो पत्र अमेरिकन सरकारलाई पठाए पनि सैन्य अलायन्सका लागि नभएको प्रधानसेनापति राणाले बैठकमा जानकारी दिइरहेका छन् ।
‘नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा चिठी पठाएको हो तर भूकम्पमा मानवीय सहयाताबाहेक अरु उद्देश्य थिएन, हैन’ समिति बैठकमा भने ।
तर, हालै सार्वजनिक भएको १० बुदे फरम्याटका बारेमा भने नेपाली सेनालाई कुनै जानकारी नभएको उनको भनाइ छ । ‘अहिले १० बुँदे आएको फरम्याट जो बाहिर आएको छ, त्यो भने नेपाली सेनालाई आएको होइन’ शर्माले समिति बैठकमा भने । बैठक जारी छ ।
प्रतिक्रिया