मन्त्री आले फेरि पनि विवादमा, सामाजिक सञ्जालमा राजीनामको माग

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका छन्।

अपशब्द प्रयोग गर्दै मन्त्री आलीले अध्यक्ष अधिकारीलाई दुर्व्यव्याहार गरेका सुनिने अडियो अन्नपूर्ण पोस्ट्ले सार्वजनिक गरेसँग उनको आलोचना भएको छ ।

यसअघि पनि उनले एकजना युवकलाई टेलिफोनबाट अपशब्द प्रयोगरेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका थिए । मन्त्री आले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट शेरबहादुर देउवा मन्त्रीमण्डलमा प्रतिनिधित्व गर्दै आएका छन् ।

सो अडियो सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा उनको राजीनामा माग गर्न थालिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति