नेपालले क्यानडासँग टी–२० र एकदिवसीय सिरिज खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले दुई टी–२० र एकदिवसीय खेलको शृंखलाका लागि क्यानडा भ्रमण गर्ने भएको छ ।

आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि हाल अमेरिका भ्रमणमा रहेको नेपाली टिम सोही स्थानबाट शृंखलाका लागि क्यानडा जाने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

नेपालले विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्धको शृंखलाअघि क्यानडा भ्रमण गर्न लागेको हो ।

नेपालले क्यानडामा घरेलु टिमविरुद्ध पहिले टी–२० शृंखला खेल्ने छ । नेपालले जुन २८ मा पहिलो टी–२० खेल खेल्ने छ । यस्तै, नेपालले जुन २९ मा दोस्रो खेल खेल्ने छ ।

नेपालले जुलाई चारमा एकदिवसीय शृंखलाको पहिलो खेल खेल्ने छ । यस्तै, जुलाई पाँचमा नेपालले दोस्रो एकदिवसीय खेल खेल्ने छ ।

लिग २ का लागि अमेरिका भ्रमणमा रहेको नेपाली टिमले घरेलु टिमसहित ओमान सहभागी रहेको त्रिदेशीय शृंखला खेलेको थियो । शृंखलाको चार खेलमध्ये दुई खेलमा हार बेहोर्दा एक खेलमा जित निकालेको थियो । यस्तै, एक खेल भने ‘टाइ’ भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति