कालीगण्डकी नदीमा डुंगा पल्टिएर डुबेका छ जनाको उद्धार

पाल्पा, २ असार । कालीगण्डकी नदीअन्तर्गत पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्दै गरेको डुंगा पल्टिँदा बेपत्ता भएका ६ जनाको उद्धार गरिएको छ ।

र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा त्यसमा सवार ६ जना बिहीबार बेलुकी पौने ७ बजे डुबेका थिए । उनीहरूको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका हुन् ।

उनीहरूलाई रानीमहल क्षेत्रदेखि १ हजार ५ सय मिटर तल्लो भागबाट उद्धार गरिएको प्रहरी चौकी रानीमहलका प्रमुख दधिराम कार्कीले जानकारी दिए । उनका अनुसार सबैको अवस्था मध्यम रहेको छ । याफ्टिङ गर्नेहरू एक जना भैरहवाका र बाँकी भारतको गोरखपुरका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनक शाहीले अस्थायी प्रहरी चौकी रानीमहलका हवल्दार दधिराम कार्कीको नेतृत्वको टोलिले उद्धार गरेको बताए । डुंगा पुलको पिलरमा ठोकिएर पल्टिएको बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति