पर्सा निकुञ्ज र कोसी टप्पुमा जंगल सफारी गराइने

जनकपुर । मधेस प्रदेश सरकारले पर्सा राष्ट्रिय निकुञ्ज र कोसी टप्पु वन्यजन्तु आरक्षमा जंगल सफारी गराउने योजना अघि सारेको छ ।

मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९/८० को विनियोजन विधेयक पेश गर्दै वन्यजन्तु अवलोकनका लागि सो सफारी गराउने योजना अघि सारेका हुन् ।

‘पर्सा निकुञ्ज र कोसी टप्पु आरक्षलाई वन्यजन्तु र पन्क्षी अवलोकन, जंगल सफारीको रुपमा विकास गर्न र धनुषाधाम संरक्षित बनलाई जैविक पार्क तथा वन्यजन्तु उद्धार केन्द्रको रुपमा विकास गरी पर्यापर्यटनका कार्यक्रम सञ्चालन गर्न यथोचित बजेट विनियोजन गरेको छु’ मन्त्री साहले प्रस्तुत गरेको बजेटमा भनिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board