सेञ्चुरी बैंकले किसानलाई ट्याक्टर किन्न कर्जा दिने

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक र धनगढीमा रहेका किसान समूहबीच कृषि उत्पादकत्व वृद्धिका लागि ट्याक्टर खरिद गर्न लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

अब किसान समूहबाट सिफारिस भएका ग्राहकलाई सेञ्चुरी कमर्सियल बैंकले सोलिस र सोनालिका ट्याक्टर खरिद गर्न विपन्न वर्ग कर्जा अन्तर्गत ऋण प्रदान गर्ने र ती ग्राहकलाई किसान समूहले वाई ब्याक ग्यारेन्टी सुविधासमेत उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकबाट कृषि तथा विपन्न वर्ग कर्जा प्रमुख प्रविनकुमार दाहाल र किसान समूहका तर्फबाट प्रबन्ध निर्देशक शाह नवाज आलमले हस्ताक्षर गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति