एकीकृत समाजवादीले फेरि गर्यो मन्त्री फिर्ता बोलाउने निर्णय

काठमाडौं, १ असार । नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू फेर्ने निर्णय गरेको छ।

काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेक स्थायी कमिटी  बैठकले बहालवाला मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकपछि खतिवडाले भने, “उचित समयमा, बजेटको काम समाप्त भए पश्चात नयाँ मन्त्रीहरू सरकारमा पठाउने छौं ।”

एकीकृत समाजवादीबाट विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या,  प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, रामकुमारी झाँक्री शहरी विकास, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र गोविन्दप्रसाद शर्मा (गोविन्द बन्दी) कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री छन्।सत्ता गठबन्धनलाई विगतका कमजोरी सच्याएर निरन्तरता दिने कोशिस  गर्ने निर्णय बैठकले गरेको छ।

असार १० गते पोलिट्ब्यूरो, ११ गते केन्द्रीय कमिटी र १३ र १४ गते केन्द्रीय परिषद्को बैठक बस्ने निर्णय भएको खतिवडाले जानकारी दिए।बैठकमा पार्टी अध्यक्ष माधवकमाुर नेपालद्वारा प्रस्तुत स्थाीय निर्वाचनको समीक्षा प्रतिवेदनमाथि छलफल भएको थियो। प्रतिवेदन आगामी केन्द्रीय कमिटीबाट पारित गरिने भएको छ।

एकीकृत समाजवादीले सरकारलाई स्टेट पाटनरशीप प्रोग्राम (एसपीपी) मा हस्ताक्षर गर्न नदिने निर्णय गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति