नेेप्सेमा २९ अंकको गिरावट, दुई कम्पनी भने मालामाल

काठमाडौं, १ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार २९.८९ अंकको गिरावट भएको छ ।

कारोबार समय सुरु भए देखि नै घट्न थालेको नेप्से परिसूचक डेढ घण्टामै ५० अंकले ओरालो लागेको थियो । तर, पछि केही सुधारिँदै अन्तिम समयमा २९ अंक घटेर बन्द भएको हो ।

यससँगै नेप्से परिसूचक घटेर १९ सय ६६ अंकमा आइपुगेको छ । यसैगरी, आज एक अर्ब ४९ करोड १७ लाख रुपैयाँ बराबरको ४१ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ । बजार घटेको दिन आज नेप्सेमा कारोबार भएका सबै समूह उच्च अंकले घटेका छन् ।

जीवन बीमा समूहमा सबैभन्दा धेरै १८९ अंकको गिरावट आउँदा एक सय ३४ अंकले खुम्चिएको छ । यसैगरी, उत्पादनमूलक समूहमा ७७ अंकको गिरावट आएको छ भने लघुवित्त समूहमा ६६ अंकको गिरावट आएको छ । विकास बैंक समूहमा पनि ५३ अंकले घटेको छ ।

नेप्से परिसूचक दोहोरो अंकले घटे पनि सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ प्रतिशतले बढेको छ । यी दुई कम्पनीका सेयर लगानीकर्ताले बाहेक अन्य कम्पनीका लगानीकर्ताले खासै आम्दानी गर्न सकेनन् ।

यसैगरी, आज नेपाल टेलिकमको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १२ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति