मतदाता नामावली दर्ता प्रक्रिया सुरू

काठमाडौं, १ असार । निर्वाचन आयोगले बुधबारदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरू गरेको छ।

आयोगका अनुसार स्थानीय तह निर्वाचनअघि स्थगन गरिएको मतदाता नामावली दर्ता बुधबारदेखि पुनः सुरु गरिएको हो।

काठमाडौं जिल्ला निर्वाचन कार्यलय र जिल्ला प्रशासन कार्यलयमा मतदाता नामावली दर्ताका लागि भिड लागेको छ ।

सरकारले आउँदो मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने तयारी गरिरहेको छ । चुनावको मिति घोषणा गरेपछि मतदाता नामावली दर्ता प्रक्रिया रोक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति