विक्रमको कमाई के गर्दैछन् कमल हसन ?

मुम्बई । दक्षिण भारतीय सुपरस्टार कमल हसनले आफूमा अझै पनि अभिनयको क्षमता कायमै छ भन्ने कुरा हालै रिलिज फिल्म ‘विक्रम’को सफलताबाट प्रमाणित गरिसकेका छन् ।

लोकेश कनगराजको निर्देशनमा बनेको यो फिल्मले विश्वव्यापी रुपमा ३ सय करोड बढी कमाएको छ । कमल फिल्मको सफलताले खुशी छन् । उनले यो फिल्म आफ्नो प्रोडक्सन कम्पनी राज कमल फिल्मस इन्टरनेसनलको व्यानरमा निर्माण गरेका हुन् ।

फिल्मले दिनानुदिन सफलता पाइरहँदा सफलताबाट प्राप्त पैसा कमलले के गर्छन् भन्ने प्रश्नमा उनले बाेलेका छन्, ‘म आफ्नो ऋण तिर्नेछु । म मन भरेर खान्छु र आफ्ना परिवार तथा साथीहरुलाई जे दिनसक्छु त्यो दिन्छु । यति गर्दा मेरो सबै पैसा सकियो भने म भन्नेछु कि अब मसँग केही छैन । अब मलाई दोस्रो व्यक्तिलाई सहयोग गर्न तेस्रो व्यक्तिबाट सहयोगको आश गर्नु छैन । मलाई कुनै विशेष उपनाम पनि चाहिएन । मेरो इच्छा भनेकै मान्छे बन्नु हो’, कमलले भनेका छन् ।

फिल्म ‘विक्रम’ सन् १९८६ मा रिलिज फिल्म ‘विक्रम’को सिक्वेल हो । यो फिल्ममा कमलले एजेन्ट विक्रमको भूमिका निभाएका थिए । यो फिल्मको सफलतापछि कमलले तेस्रो सिक्वेलको तयारी गर्दैछन् । फिल्ममा विजय सेतुपति, फहद फासिल र सूर्याको पनि अभिनय छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board