एमाले सचिवालय बैठक : स्थानीय निर्वाचनमा राज्यशक्तिको दुरुपयोग र अन्तर्घात

काठमाडौं, ३० जेठ । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ । च्यासलस्थित पार्टी मुख्यालयमा जारी सचिवालय बैठकमा एक महिनाअघि सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा भएको छ ।

बैठकमा प्रस्तुत गरिएको प्रतिवेदनमा स्थानीय तह निर्वाचनमा सरकार तथा सत्तारुढ दल र तिनका नेताबाट राज्यशक्तिको दुरुपयोग गरिएको उल्लेख गरिएको छ ।

पार्टीको निर्वाचन कमिटीले प्रस्तुत गरेको प्रतिवेदनमा स्थानीय तह निर्वाचनमा सरकार र सत्तारुढ दलबाट भएको राज्यशक्तिको दुरुपयोग र आफ्नै नेताहरुको अन्तर्घातका कारण अपेक्षित परीणाम आउन नसकेको उल्लेख छ ।

उक्त बैठकमा आउँदो २ र २ असारमा जनप्रतिनिधिलाई प्रशिक्षण दिन भनिएको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको उपस्थिति छ । अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षहरू रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याल, योगेश भट्टराई उपमहासचिवहरू प्रदीप ज्ञवाली, विष्णु रिमाल, लेखराज भट्ट, टोपबहादुर रायमाझी विष्णु पौडेल लगायतको उपस्थिति छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति