रियल मड्रिडले गर्‍यो चुआमेनीलाई ६ वर्षका लागि अनुबन्ध

काठमाडौँ । स्पेनिस महारथि रियाल मड्रिडले मोनाकोका फ्रान्सेली मिडफिल्डर ओरेलियन चुआमेनीलाई ६ वर्षका लागि अनुबन्ध गरेको छ ।

दुवै क्लबले यसको आधिकारीक घोषणा गरिसकेका छन् र रियालले चुआमेनीको स्वास्थ्य परीक्षणपश्चात क्लबमा स्वागत कार्यक्रम गर्ने जनाएको छ ।

चुआमेनीले सन् २०२१–२२ मा मोनाकोबाट ३५ खेलमा तीन गोल र दुई असिस्ट गरेका थिए । सेप्टेम्बरमा राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका चुआमेनीले फ्रान्सबाट ११ खेल खेलेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको अनुसार चुआमेनीलाई मड्रिडले ८० मिलियन युरोमा अनुबन्ध गरेको हो । यसअघि चुवामेनी लिभरपुल, म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मन (पिएसजी) जाने चर्चा थियो ।

मड्रिडले समरमा फ्रान्सेली स्ट्राइकर किलियन एमबाप्पेलाई नसकेपछि चुआमेनीलाई क्लबमा अनुबन्ध गरेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति