अर्थमन्त्री शर्माकी बहिनी लुम्बिनी भए निर्विरोध निर्वाचित

सुर्खेत, २८ जेठ । रुकुम पश्चिमको जिल्ला समन्वय समिति प्रमुखमा लुम्बिनी गौतमसहित माओवादी केन्द्रको सिंगो प्यानल निर्विरोध निर्वाचित भएका छन् ।

जिसस प्रमुखमा निर्वाचित गौतम अर्थमन्त्री जनार्दन शर्माकी बहिनी हुन् । उनी माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्ष विमला केसीकी नन्द हुन् भने उनका श्रीमान गोरख केसी आठबिसकोट नगरपालिकाका निवतृमान मेयर हुन् ।

नेताका परिवारका सदस्यलेमात्र मौका पाएको माओवादीमा भने असन्तुष्टि व्यक्त भइरहेको छ । माओवादी केन्द्रको एकल जिल्ला समन्वय समिति बन्ने रुकुममा माओवादीका प्रभावशाली नेताहरुले नै आफन्तलाई प्रमुखको टिकट दिलाउँदै निर्विरोध चयन गर्न भूमिका खेलेका हुन ।

जिल्ला समन्वय समितिको चुनावका लागि ३१ जेठको मिति तोकिएपनि अन्य दलहरुले उम्मेदवारी नदिएकै कारण उनीहरु निर्विरोध निर्वाचित भएका हुन । यद्यपी घोषणा भने हुन बाँकी नै छ ।

माओवादी केन्द्रले उपप्रमुखमा देववहादुर कामीलाई उम्मेदवार बनाएको छ । खुला सदस्य तर्फ देउभान ओली, कृष्णबहादुर ऐरी र रामकुमार गौतम, महिला सदस्यमा गीताकुमारी केसी, शारदा दमाई र गीता नेपाली तथा दलित वा अल्पसंख्यकबाट मीना बिकको उम्मेदवारी परेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति