प्रतिनिधि सभा बैठकः संसदकै क्यान्टिनमा ढिलासुस्ती र लापबाही हुने गरेकाे

काठमाडौँ, २७ जेठ । प्रतिनिधि सभा सदस्य रेनुका गुरुङले संघीय संसद भवनको क्यान्टिनमा ढिलासुस्ती र लापर्बाही हुने गरेको दुखेसो गरेकी छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले पिउने पानी पनि सहज रुपमा नपाइने दुखेसो गरिन्। उनले भनिन्, ‘खानलाई क्यान्टिन गयो ढिलासुस्ती र खानेकुरा पकाइमा लापरबाही देखिन्छ। शौचालय गयो भुइँभरी पानी पोखिएको हुन्छ। पिउने पानी ठाउँमा गए कतै गिलास हुँदैन। कतै पानी हुँदैन। कतै तातोपानी हुँदैन। यो परिसरभित्र कुनैपनि स्थानमा घुमफिर गर्न सांसदलाई बन्देज हुनु हुँदैन। माननीय भनेको सबैले मान्नैपर्ने व्यक्ति भन्ने बुझिन्छ। सुरक्षाकर्मीहरु कसैले अभिनन्दन गरेको छ, कसैले गर्या छैन। लापरबाही गरेको छ।’ उनले संसद भवनभित्र कुनैपनि स्थानमा घुमफिर गर्न सांसदहरुलाई बन्देज नगर्न आग्रह गरिन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति