काठमाडौँ, २७ जेठ । पछिल्लाे २४ घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा धनकुटामा भएको छ। धनकुटापछि विराटनगरमा धेरै वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार यस अवधिमा धनकुटामा ६५ दशमलव ९ मिलिलिटर वर्षा भएको छ। विराटनगरमा ५९ दशमलव १ मिलिलिटर वर्षा भएको महाशाखाले जनाएको छ।
त्यसैगरी यस अवधिमा जनकपुरमा २० दशमलव ४, पोखरामा १८ दशमलव ३, काठमाडौंमा ८ दशमलव ५, ओखलढुंगामा ७, ताप्लेजुङमा १० दशमलव ४, लुम्लेमा १४ दशमलव ३ र जिरीमा ३ दशमलव २ मिलिटिर वर्षा भएको छ।
विगत २४ घण्टाको अवधिमा पूर्वी र मध्य नेपालमा वर्षा भएपनि नेपालको पश्चिमी क्षेत्रमा भने वर्षा भएको छैन। तीन दिनअघि नेपाल प्रवेश गरेको मनसुनी वायु अहिले पूर्वी मध्य नेपालमा सक्रिय छ।
प्रतिक्रिया