चर्चित पाकिस्तानी टीभी स्टार आमिर लियाकतको निधन

काठमाडौँ, २६ जेठ । पाकिस्तानका चर्चित टेलिभिजन स्टार तथा कराँची पीटीआईको नेशनल एसेम्बली सदस्य डाक्टर आमिर लियाकत हुसैनको निधन भएको छ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल लगिँदै थियो। तर डाक्टरहरुका अनुसार उनलाई अस्पताल पुर्‍याउन नपाउँदै बाटैमा निधन भएको हो।

उनको निधनको सूचना मिलेपछि पुलिस अधिकारी उनको घरमा पुगेका थिए। अधिकारीका अनुसार उनको मृत्युको कारण खुल्न सकेको छैन। त्यहीकारण उनको शवको पोस्टमार्टम गरिँदैछ।

उनी पछिल्ला केही दिनयता आफ्नो तेस्रो बिहेलाई लिएर विवादमा घेरिएका थिए। त्यसपछि उनले देश छाड्ने घोषणा गरेका थिए। उनको निधनका कारण नेशनल एसेम्बलीको बिहीबारको बैठक पनि स्थगित गरिएको छ।

उनको निधनमा प्रधानमन्त्री शाहबाज शरीफ र पूर्व राष्ट्रपति आसिफ अली जरदारीले दुस्ख व्यक्त गरेका छन्। आमिर लियाकत हुसैन पाकिस्तानका प्राय सबैजसो प्रमुख समाचार च्यानलसँग जोडिएका थिए। उनको कार्यक्रम धेरैजसो विवादित थिए। जसले उनको राजनीतिक करिअरमा पनि असर पर्यो।

जब पाकिस्तानी मिडिया समूह जंग पब्लिकेशन्सले आफ्नो समाचार च्यानल जियो लन्च गरे तब उनी न्यूज कास्टरका रुपमा देखिए। त्यसपछि उनले आलिम अनलाइन नामको एक धार्मिक कार्यक्रम शुरू गरेका थिए।

एक कार्यक्रममा उनले अहमदी समुदायलाई गैर मुसलमान भनिदिएपछि मार्ने धम्की पनि आएको थियो। त्यही बेला सिन्धमा अहमदी समुदायका दुईजना मारिएका थिए। उनको यो भनाइको मानवाधिकार संगठनले कडा आलोचना गरेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति