किसानले मल पाएका छैनन, भन्सारमै थन्कियो १० हजार बोरा मल

काठमाडौं । किसान मल नपाएर भौतारिरहँदा भन्सार कार्यालयको गोदाममा भने करिब १० हजार बोरा मल थन्किएर बसेको छ ।

करिब एक महिनादेखि भन्सार कार्यालयको गोदाममा मल थन्किएको हो । कृषि सामग्री कम्पनी लिमिटेडले ल्याएको मल जाँचपास नभएपछि थन्किएको हो ।

भन्सामा आइपुगेको मल जाँचपास गरेर ल्याउनुपर्नेमा कम्पनीले वास्ता नगर्दा गोदाममै थन्कन पुगेको हो । भन्सार विभागका अनुसार, जाँचपास गरेर मल लैजान कम्पनीलाई पत्राचार गरिएको छ ।

असारे खेतीका लागि किसान रासायनिक मलको अभाव खेपिरहेका बेला कम्पनीले भने जाँचपास गरेर मल भित्र्याउने तदारुकता देखाइरहेका छैनन् ।

जाँचपासका लागि नआएपछि विभागले पत्र लेख्दै जाँचपास गर्न आउन ताकेता गरेको छ । मलको अत्याधिक माग रहेको र भन्सार कार्यालयमा स्थान अभावका कारणले छिट्टै जाँचपास गर्न विभागले कृषि सामाग्री केन्द्रलाई पत्र लेखेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति