प्रधानन्यायाधीशविरुद्धको महाअभियोग तुरुन्तै पास गर्न ल्याइएको होइन : झलनाथ खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद् झलनाथ खनालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्तै पास गर्नका लागि नल्याइएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै खनालले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्तै पास गर्न नल्याइएको बताए ।

उनले प्रस्ताव दर्तापछि परिस्थिति हेर्दै क्रमशः टुंगोमा पुर्‍याउनका लागि महाअभियोग लगाइएको बताए । उनले महाअभियोगलाई टुंगोमा पुर्‍याउनका लागि अझै समय बाँकी रहेको बताए ।

उनले भने,“यो प्रस्ताव तुरुन्त पास गर्न राखेकै होइन नि । यसलाई विस्तारै एउटा टुंगोमा पुर्‍याउने हो । त्यसकारण समय अझै छ । समिति गठन भएको छ । समितिले माग गर्नुपर्‍यो अनि त्यसपछि प्रक्रिया अघि बढ्छ ।”

पूर्वप्रधानमन्त्री खनालले महाअभियोग प्रस्तावको सम्बन्धमा संसद्ले गठन गरेको समितिले आफ्नो उत्तरदायित्व र जिम्मेवारी पूरा गर्नुपर्ने बताए । समितिले आफ्नो काम गरिसकेपछि संसद्‌मा बाँकी प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति