कर्णालीको नीति तथा कार्यक्रममा : ‘६ ब’ को अवधारणा (पूर्णपाठ)

काठमाडौं, २५ जेठ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख तिलक परियारले मंगलबार प्रदेश सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका हुन् ।नीति तथा कार्यक्रममा मुख्यमन्त्री जीवनबहादुर शाहीले अघि सार्दै आएको विकाससम्बन्धी ‘६ ब’ को अवधारणा बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार भन्ने सूत्रलाई प्राथमिकताका साथ समावेश गरिएको छ ।

कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा स्तरवृद्धि गरी स्वास्थ्य सेवातर्फ दक्ष जनशक्ति उत्पादन गर्ने नीति बनाइएको छ । मेक इन कर्णाली, मुख्यमन्त्री जीविकोपार्जन, मुख्यमन्त्री दलित आयआर्जन प्रवर्द्धन कार्यक्रम लगाएतका केही नयाँ कार्यक्रम यो वर्ष समावेश गरिएको छ । यो वर्षलाई प्रदेश सरकारले ‘कर्णाली वृक्षारोपण वर्ष’ का रुपमा मनाउने नीति लिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति