डोमिनिकन रिपब्लिकका मन्त्रीको कार्यकक्षमा गोली हानेर हत्या

सान्तो डोमिन्गो । डोमिनिक रिपब्लिकका वातावरण तथा प्राकृतिक स्रोतसाधन मन्त्रीको आफ्नै कार्यलयभित्र गोली हानेर हत्या भएको छ ।

ओलान्डो जोर्ग मिरालाई एक निकट साथीले गोली हानेर हत्या गरेका हुन् । आक्रमण हुँदा ५५ वर्षीय ओरलान्डो बैठकमा सहभागी थिए ।

उनीमाथि ६ राउन्ड गोली प्रहार गरिएको थियो । आत्रलमणकारी मिगुल क्रुज मन्त्री ओलान्डोका बाल्यकालदेखिकै साथी भएको राष्ट्रपतिका प्रवक्ताले जनाएका छन् । आक्रमणकारीलाई जेल चलान गरिएको छ । आक्रमणको कारण खुलेको छैन ।

ओरलान्डो वर्तमान राष्ट्रपति लुइस अबिनादरको प्रशासनमा सन् २०२० को जुलाइदेखि सेवा गरेका थिए । एक ट्वीटमा राष्ट्रपति अबिनादरले ओरलान्डोको परिवारमा गहिरो समवेदना व्यक्त गर्दै आफ्नो असल साथीको मृत्युमा गहिरो दुःख व्यक्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति