गीतकार जगदीश गुरुङको ‘जिन्दगीको भर छैन’ सार्वजनिक (भिडियो)

काठमाडौं । गीतकार जगदीश गुरुङको ‘जिन्दगीको भर छैन’ सार्वजनिक भएको छ ।

ओएसआर डिजिटलले सो गीत सार्वजनिक गरेको हो ।

आधुनिक पाप लयमा तयार पारिएको गीतमा नेपालकै चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत दिएका छन् भने चर्चित गायक कृष्ण काफ्ले र नवोदित गायिका ममता गुरुङले स्वर दिएका छन् ।

गीतकार जगदिश गुरुङले निकै धेरै गीतहरू रचना गरेर संगीतकार स्व. सुक गुरुङको संगीतमा गाउन लगासकेका छन ।

अहिले पछिल्लो समयमा पुष्कर सुनवारद्वारा संगीतबद्ध ‘तिमी फूल बनेर’ गीतको प्रस्तुतिलाई श्रोताहरूबाट राम्रो प्रतिक्रिया पाएपछि जगदीशले ‘जिन्दगीको भर छैन’ दर्शक स्रोतामाथ लिएका आएका छन् ।

विगतमा जस्तै आफूले सिर्जना गरेका गीतलाई रुचाइदिनेमा गीतकार जगदीश आशावादी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति