गीतकार जगदीश गुरुङको ‘जिन्दगीको भर छैन’ सार्वजनिक (भिडियो)

काठमाडौं । गीतकार जगदीश गुरुङको ‘जिन्दगीको भर छैन’ सार्वजनिक भएको छ ।

ओएसआर डिजिटलले सो गीत सार्वजनिक गरेको हो ।

आधुनिक पाप लयमा तयार पारिएको गीतमा नेपालकै चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत दिएका छन् भने चर्चित गायक कृष्ण काफ्ले र नवोदित गायिका ममता गुरुङले स्वर दिएका छन् ।

गीतकार जगदिश गुरुङले निकै धेरै गीतहरू रचना गरेर संगीतकार स्व. सुक गुरुङको संगीतमा गाउन लगासकेका छन ।

अहिले पछिल्लो समयमा पुष्कर सुनवारद्वारा संगीतबद्ध ‘तिमी फूल बनेर’ गीतको प्रस्तुतिलाई श्रोताहरूबाट राम्रो प्रतिक्रिया पाएपछि जगदीशले ‘जिन्दगीको भर छैन’ दर्शक स्रोतामाथ लिएका आएका छन् ।

विगतमा जस्तै आफूले सिर्जना गरेका गीतलाई रुचाइदिनेमा गीतकार जगदीश आशावादी छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board