बजेटमा सपना मात्रै बाँडिएको छ : शंकर पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजश्व वृद्धि हुने वस्तुहरुको आयात अत्याधिक भएका कारण आगामी वर्षमा राजश्व वृद्धि हुने आधार नदेखिएको बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्ले सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटका सम्बन्धमा आयोजना गरेको छलफल कार्यक्रममा उनले राजश्व वृद्धि हुने वस्तुहरुको धेरै आयातका कारण आगामी वर्ष राजश्व वृद्धि हुने र आर्थिक वृद्धिदरको सरकारी लक्ष्य पूरा हुने वस्तुगत आधार नभएको बताए ।

महासचिव पोखरेलले बजेटमा जनतामा चरम निराशा छाउने गरी सपना बाँडिएको र त्यसले मूलधारका राजनीतिक पार्टीहरुप्रति जनताको असन्तुष्टि झनै बढेर जाने खतरा रहेको तर्कसमेत गरे ।

“बजेटमा सपना मात्रै बाँडिएको छ । त्यसले जनतामा चरम निराशा पैदा हुन्छ । राजनीतिक प्रणालीमाथि प्रहार गर्ने बाटोतर्फ गठबन्धन सरकार अगाडि बढेको छ । बजेटमा ठुलाठुला कुरा गरिएको छ । समग्रमा भन्नुहुन्छ भने यो बजेट व्यापारिक पुँजीवाद वा दलाल नोकरशाही पुँजीवादको हिमायतीको रुपमा प्रकट भएको छ,” उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति