सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम : गुरिल्ला ट्रेलदेखि, रात्रि कालिन खेल सञ्चालनसम्म (पूर्णपाठ)

काठमाडौं, २२ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।नीति तथा कार्यक्रममा नेपाल सरकारसँग सहकार्यमा जडीबुटी उत्पादन तथा प्रशोधन उद्योग स्थापना गरिने उल्लेख गरिएको छ ।उच्च हिमाली क्षेत्रमा जडीबुटी सम्बन्धी सेवा दिने कार्यालय र प्रदेशभित्र काठको सहज आपूर्तिका लागि प्रदेश वन निगम स्थापना गरिने जनाइएको छ । प्रदेश सङ्ग्रहालय स्थापनका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ ।

चिसापानी सुगरखाल पण्डौन खैराला खानीडाडा गुरिल्ला ट्रेलको सम्भाव्यता अध्ययन गरी पर्यटकीय पदमार्गको रूपमा विकास गरिने उल्लेख गरिएको छ ।’नीति तथा कार्यक्रममा पाहुनाको सत्कार सुदूरपश्चिमको संस्कार भन्ने नाराका साथ पर्यटन उद्योगलाई सेवामूलक व्यावसायिक र प्रभावकारी बनाउन क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने र आवश्यक कानुनी तथा संरचनागत व्यवस्था गरी प्रदेश प्राविधिक विश्वविद्यालय सञ्चालन गरिने भनिएको छ ।

प्रदेश निर्वाचन क्षेत्र एक नमुना विद्यालय कार्यक्रम अन्तर्गत क्रमिक रूपमा विद्यालय छनोट गरी कार्यक्रम सञ्चालन गर्ने र १५० सामुदायिक विद्यालयमा सूचना तथा प्रविधि प्रयोगशाला विस्तार गरिने उल्लेख छ ।

प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गरिने र कक्षा १० को अन्तिम परीक्षाको व्यवस्थापन तथा सञ्चालन गर्न प्रदेश परीक्षा बोर्ड स्थापना गरिने भनिएको छ ।नीति तथा कार्यक्रममा कैलाली कञ्चनपुरमा बहुउद्देश्यीय रङ्गशाला र स्तरोन्नति गरी रात्रि कालिन खेल सञ्चालन गर्ने र मुख्यमन्त्री खेलकुद प्रतियोगितालाई विस्तार गरिने, चिसापानी अत्तरिया गड्डाचौकी खण्डलाई चार लेनको बनाउन सम्भाव्यता अध्ययन गरिने छ, सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठाको संस्थागत संरचना गरी सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ ।सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पनि भीमदत्त पन्त उत्कृष्ट कृषक पुरस्कारलाई निरन्तरता दिने भएको छ ।’ उक्त पुरस्कारमार्फत उत्कृष्ट कृषकलाई पुरस्कृत गरिने छ। चालू आर्थिक वर्षमा पनि उक्त कार्यक्रम कार्यान्वयनमा छ।सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा टीकापुर, महाकाली र डोटी अस्पतालमा डायलासिस सेवा सञ्चालन गर्ने भएको छ।प्रदेश प्रमुख देवराज जोशीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्दै प्रदेशका टीकापुर, महाकाली र डोटी अस्पतालमा डायलासिस सेवा सञ्चालन गर्ने बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति